छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
चितवन । जिल्लाका छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको सकुहवा प्रसौनी गाउँपालिका–२ बस्ने अन्दाजी २५ वर्षीय लालबाबु पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–४ सापकोटा चोक नजिक बाप्र ०६–००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर दिएको थियो । आज बिहान कारको ठक्करबाट घाइते पासवानको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रत्ननगर नगरपालिका–६ दाराहात्ती चोकमा जङ्गल सफारी गरिरहेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ना४च ३३५५ नम्बरको जीप आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार तीन जना घाइते भएका हुन् ।
खनालका अनुसार जीपमा सवार अन्य सात जना सकुशल रहेका छन् । घाइते तीनै जनाको अजस्था खतरामुक्त रहेको उनले बताए । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण