पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, ०१ वैशाख २०८२, १३ : ४५

बुटवल । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सो नगरपालिको ३ स्थित भित्री कच्ची सडकमा भएको स्कुटर दुर्घटनामा रामपुर नगरपालिका–३ बस्ने ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश ०१–००४ प ८०३९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते ठाडा मगरलाई रामपुर अस्पताल पठाएकोमा चिकित्सकले जाँच गरी मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु