नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले २०८१ चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । २०८१ चैत्र ३१ गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रकम भुक्तानी गरेको सोमबार वायुसेवा निगमद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निगमले २०८१ चैत्र सम्मको अवधिमा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको समेत जारी विज्ञप्तिमा उल्लेख छ ।
‘विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज व्याजको व्याज हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ,’नेपाल वायुसेवा निगमका प्रवक्ता सुबास डाँगीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण