नेपाल चिकित्सक संघको दुई बुँदे माग सहित ७२ घण्टे ‘अल्टिमेटम’, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने
काठमाडौं । नेपाल चिकित्सक संघले दुई बुँदे माग सहित सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’ दिएको छ ।
सोमबार नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जिव तिवारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,‘आयोगले प्रकाशित गरेको सिट म्याट्रिक्समा १७ औँ बैठक ले पुन थपेको सीट संख्या समेत जोडेर एक सीट पनि नघटाई भविष्यमा पनि पिजी सीट नघट्ने दिशामा जाने गरी अविलम्ब म्याचिङ प्रक्रियाको सुरुवात हुनुपर्यो । हाल स्नाकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरुले एवं भोलिका दिनमा अध्ययन गर्न आउने आवासीय चिकित्सकहरुले आठौं तह बराबरको निवृत्तिभरण तत्काल पाउनुपर्यो ।’
उल्लेखित मागहरु ७२ घण्टाभित्र सम्बोधन नभएमा नेपाल चिकित्सक संघ देशका सम्पूर्ण चिकित्सकहरुलाई चरणबद्ध आन्दोलनमा उतार्ने समेत चेतावनी दिइएको छ ।
‘चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले सम्पूर्ण आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौं तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निवृत्तीभरण दिने निर्णय गरेको भन्दै सो निर्णयको तत्काल एवं निर्शत कार्यान्वयन नै नेपाल चिकित्सक संघको अन्तिम विन्दु हो,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
विगत लामो समयदेखी विभिन्न नीजि मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरु एवं एमडी/एमएस /एमडी एस लगायत विभिन्न स्नाकोत्तर तहमा अध्ययन गर्न संघर्षरत परीक्षार्थीहरु आन्दोलनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण