स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका प्रभावशाली क्रोएसियन मिडफिल्डर लुका मोड्रिच इङ्लिस च्याम्पियनसिप क्लब स्वान्सी सिटीको सहमालिक बनेका छन् । उनले क्लबको केही सेयर खरिद गरेको समाचारमा जनाइएको छ ।
एन्डी कोलम्यान, ब्रेट क्राभट, निगेल मोरिस र जासन कोहेनसँगै ३९ वर्षीय मिडफिल्डर मोड्रिच पनि स्वान्सी सिटीको सहमालिक बनेका हुन् । मोड्रिचसहितको समूहले गत नोभेम्बरमा पूर्वमालिक जासन लेभियन र स्टिभ कपलानसँग शेयर खरिद गरेका थिए ।
‘यो अकल्पनीय अवसर हो । क्लब फुटबलमा स्वान्सी सिटीको छुट्टै पहिचान छ । अब क्लबलाई अझ बढी उचाइमा पु¥याउने दायित्व हामी सबैको काँधमा थपिएको छ,’ मोड्रिचले भनेका छन्, ‘यसका लागि म पनि आफ्नो सम्पूर्ण अनुभव प्रयोग गर्नेछु ।’
मोड्रिच पहिलो पटक कुनै पनि क्लबको सहमालिक बनेका हुन् । स्वान्सी सिटीको सहमालिक बने पनि आफूले रियल म्याड्रिडबाट खेल्न जारी राख्ने उनले बताएका छन् । रियल म्याड्रिडसँग उनको हालको सम्झौता अवधि सन् २०२५–२५ सिजनसँगै समाप्त हुँदैछ ।
‘लुका मोड्रिचको आगमनले हामी उत्साही छौँ । उनी आबद्ध भएपछि अब क्लबले मैदानभित्र र बाहिर अपेक्षित प्रगति गर्ने विश्वास लिएका छौँ.,’ स्वान्सी सिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण