आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
काठमाडौँ । पन्जाब किङ्सका प्रभावशाली बलर लोकी फर्गुसन इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएका छन् । उनी न्युजिल्यान्डका तीव्र गतिका बलर हुन् । गत शनिबार खेलिएको सनराइजर्स हैदराबादविरुद्धको खेलमा उनी घाइते भएका थिए ।
फर्गुसन बाहिरिनु श्रेयष ऐयरको कप्तानीमा रहेको पन्जाब किङ्सलाई दुःखद खबर हो । जारी आईपीएलमा पनि ३३ वर्षीय फर्गुसनले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । हैदराबादविरुद्धको खेलको छैटौँ ओभरमा दोस्रो बल फालेपछि उनी घाइते भएका थिए ।
त्यसपछि फिजियोको सल्लाहमा उनी मैदान छाडेर बाहिरिएका थिए । उनको नितम्बमा समस्या देखिएको समाचारमा जनाइएको छ । सन् २०२४ को नोभेम्बरयता फर्गुसन तेस्रो पटक घाइते भएका हुन् । गत फेब्रुअरीमा यूएईमा खेलिएको आईएलटी टी–२० का क्रममा पनि घाइते भएका थिए ।
ह्यामस्ट्रिङ समस्याबाट पिडीत भएपछि उनले आईसीसी च्याम्पियन्स ट्रफी पनि खेल्न सकेका थिएनन् । त्यसपछि पिँडूलाको समस्याका कारण उनले न्युजिल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि खेल्न सकेका थिएनन् ।
पन्जाब किङ्सले उनको स्थानमा अस्ट्रेलियाका तीव्र गतिका बलर जेभियर वार्टलेटलाई टोलीमा समावेश गर्ने सम्भावना छ । अफगानिस्तानका अलराउण्डर अजमतुल्लाह उमरजाई पनि फर्गुसनको विकल्प बन्न सक्छन् ।
यसैगरी, फर्गुसनको स्थानमा भारतीय खेलाडी विजय कुमार वैशाकलाई पनि पञ्जाबले टोलीमा समावेश गर्न सक्ने सम्भावना छ । तर, यस विषयमा पञ्जाबले हालसम्म आधिकारीक रुपमा केही बताएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण