अमेरिका र बेलायतबीच सम्झौताको सम्भावनाबारे के भन्छन् जेडी भान्स ?
मङ्गलबार, ०२ वैशाख २०८२, १५ : २५
काठमाडौं । अतिरिक्त भन्सार महसुलको घोषणाका कारण विश्वव्यापी व्यापारमा उथलपुथलको स्थिति देखिएको थियो ।
तर अहिले स्थिति स्थिर भएकोले बेलायतसँग सम्झौता गर्ने यो राम्रो अवसर भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । सोमबार अनहर्ड वेबसाइटलाई दिइएको अन्तर्वार्तामा भान्सले यो कुरा बताएका हुन् ।
उनले भने,‘हामी किर स्टार्मर नेतृत्वको सरकारसँग मिलेर कडा परिश्रम गरिरहेका छौं’ ।
यसअघि, अप्रिल २ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वका लगभग सबै देशहरूमा पारस्परिक भन्सार महसुल लगाउने घोषणा गरेका थिए ।
यसपछि, विश्वव्यापी शेयर बजारमा पहिरो गएको थियो । ट्रम्पले घोषणा गरेको सूचिमा बेलायत बाहेक अमेरिकामा सामान निर्यात गर्ने अन्य सहयोगी देशहरू थिए । यी सबै देशहरूमा दश प्रतिशतको न्यूनतम भन्सार शुल्क लगाइने भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण