कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी
काठमाडौँ । वित्तीय पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजहरूलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
‘सहकारी, लघुवित्त तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रूपमा नलिन चेतावनी दिए । उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिल्यै पनि हारेको इतिहास नभएको बताउँदै न्यायिक लडाइँमा पनि शासकहरू घुँडा टेक्न बाध्य जिकिर गरे ।
त्यस्तै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटक पटक भएका सम्झौताहरूलाई कागजमै सीमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायिक कार्य भएको बताए । केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।
उनले बैशाख ४ गते सम्पूर्ण पीडितहरू सडकमा उत्रने र ठुलो प्रदर्शन गर्ने जानकारी दिए । लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षौँदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण