बिहीबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
काठमाडौं । चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बिहीबारबाट रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा आयोजना हुँदैछ ।
आयोजक सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सव ३ दिन अर्थात वैशाख ६ गतेसम्म चल्नेछ ।
महोत्सवमा छोटा र लामा गरेर करिब २ दर्जन फिल्म प्रदर्शन हुँदैछ । आयोजकले मंगलबार नेपाल पर्यटन बोर्डमा एक कार्यक्रम गर्दै सहभागी फिल्मलाई प्रमाण पत्र प्रदान गरेको छ ।
कार्यक्रममा चलचित्र बिकास बोडका अध्यक्ष दिनेश डिसी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनदीप पराजुली, चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष शान्ति प्रिय, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी लगायतले सहभागी फिल्मका सष्टालाई प्रमाण पत्र प्रदान गरे । सोही अवसरमा महोत्सवको स्मारिक पनि बिमोचन गरियो ।
कार्यक्रममा बार्ड अध्यक्ष डिसीले ग्रामीण परिवेशमा बनेका चलचित्र समेटेर आयोजना हुदै आएको महोत्सवको छुट्टै महत्व भएको बताए ।
उनले महोत्सव होस् वा चलचित्र अवार्ड गतिविधि हुनु सकारात्मक भएको धारणा राखे । कार्यक्रममा उनले चलचित्र निर्माणका लागि बोर्डले निर्माण गर्न लागेको काभ्रेको फिल्म स्टुडियो बैशाखमा शिलान्यास हुने जानकारी दिए ।
प्रत्येक वर्ष फरक-फरक जिल्लाको ग्रामीण भेगमा आयोजना हुदै आएको महोत्सवमा नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा नेपाली फिल्म प्रदर्शनसँगै स्थानीय पर्यटन प्रवद्र्र्धन र स्थानीय कला संस्कृतिको प्रचार प्रसार गरिने सापकोटाले बताए ।
महोत्सव संयोजकमा निर्देशक कमल एक्चै मगर छन् । रसुवा जिल्लामा फिल्म हल समेत नभएकाले फिल्म हेर्न रुचि राख्ने दर्शकहरूलाई महोत्सवले पूर्ण मनोरञ्जन दिनुका साथै फिल्म क्षेत्रको प्रचार प्रसारमा समेत भूमिका खेल्ने आयोजकको विश्वास छ ।
महोत्सवमा करिब ४ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकल राखेको छ । महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ । गोसाईकुण्ड गाउँपालिका रसुवाले वार्षिक रुपमा आयोजना गर्दै आएको चौथो पालिका कप भलिबल प्रतियोगिता पनि वैशाख २ गते देखि ६ गतेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण