वीरगन्जमा निकालिएको शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ
मङ्गलबार, ०२ वैशाख २०८२, १९ : ५६
वीरगन्ज । वीरगन्जमा निकालियो शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चार जना मंगलबार पक्राउ परेका छन् । चार दिन अगाडि हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा उच्छृङ्खल गतिविधि गर्दै धार्मिक सद्भाव बिथोल्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
सीसीटिभी फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा प्रहरीबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । प्रहरीको टोलीले मंगलबार साँझ वीरगन्जको छपकैयासहित विभिन्न ठाउँबाट ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेकोले प्रहरीले थप विवरण खुलाउन चाहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण