वीरगन्जमा निकालिएको शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ
मङ्गलबार, ०२ वैशाख २०८२, १९ : ५६

वीरगन्ज । वीरगन्जमा निकालियो शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चार जना मंगलबार पक्राउ परेका छन् । चार दिन अगाडि हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा उच्छृङ्खल गतिविधि गर्दै धार्मिक सद्भाव बिथोल्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
सीसीटिभी फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा प्रहरीबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । प्रहरीको टोलीले मंगलबार साँझ वीरगन्जको छपकैयासहित विभिन्न ठाउँबाट ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेकोले प्रहरीले थप विवरण खुलाउन चाहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य