सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
कला

तस्बिरमा हेर्नुहोस् ललितकला मेला

बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । कलाको प्रदर्शन, प्रवर्द्धन तथा जानकारी दिने उद्देश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक ललितकला मेला-२०८२ आयोजना गरेको छ । नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानले नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको सन्दर्भ पारेर ‘ललितकला मेला–२०८२’ आयोजना गरेको हो । 

lalitkala (1)

मेलामा चित्रकला, मूर्तिकला तथा हस्तकलाको प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् । मेलाले कलालाई आर्थिक, पर्यटकीय तथा सामाजिक रूपान्तरणसँग जोड्न मद्दत पुग्ने प्रतिष्ठानले जनाएको छ । मेलामा कलाका विषयमा कार्यशाला, गोष्ठी तथा अन्तरक्रिया समेत आयोजना भइरहेको छ । मेला १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

lalitkala (2)

विभिन्न माध्यममा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्द्धनको थालनीका लागि यस मेला गरिएको प्रतिष्ठानले जनाएको छ । पैँतालीसभन्दा बढी स्टल रहेको मेला वैशाखको ६ गतेसम्म चल्नेछ ।

lalitkala (3)lalitkala (4)lalitkala (5)lalitkala (6)lalitkala (7)lalitkala (8)lalitkala (9)lalitkala (10)lalitkala (11)lalitkala (12)lalitkala (13)lalitkala (14)lalitkala (15)lalitkala (16)lalitkala (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया