बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग

बिहीबार, ०४ वैशाख २०८२, ०३ : २६
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौं । इटालीको इन्टर मिलान च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ । घरेलु मैदानमा जर्मनीको बायर्न म्युनिखसँग २-२ को बराबरी खेले पनि इन्टर समग्रमा ४–३ को नतिजाले अन्तिम चारमा पुग्न सफल भएको हो । 

क्वार्टरफाइनल दोस्रो लेगमा इन्टरका लागि लुटारो मार्टिनेज र बेन्जामिन पावर्डले गोलm गरे । पाहुना टोली बायर्नका ह्यारी केन र एरिक डियरले गोल गरे । यसअघि पहिलो लेगमा इन्टरले २-१ को जित निकालेको थियो । 

यो सँगै च्याम्पियन्स लिगको सेमीफाइनल समीकरण पूरा भएको छ भने अक इन्टरको भिडन्त स्पेनी हस्ती बार्सिलोनासँग हुनेछ । बार्सिलोना जर्मनीको बोरुसिया डर्टमण्डलाई समग्रमा ५-३ गोल अन्तरले हराउँदै सेमीफाइनलमा पुगिसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप