च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
बिहीबार, ०४ वैशाख २०८२, ०३ : २६
काठमाडौं । इटालीको इन्टर मिलान च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ । घरेलु मैदानमा जर्मनीको बायर्न म्युनिखसँग २-२ को बराबरी खेले पनि इन्टर समग्रमा ४–३ को नतिजाले अन्तिम चारमा पुग्न सफल भएको हो ।
क्वार्टरफाइनल दोस्रो लेगमा इन्टरका लागि लुटारो मार्टिनेज र बेन्जामिन पावर्डले गोलm गरे । पाहुना टोली बायर्नका ह्यारी केन र एरिक डियरले गोल गरे । यसअघि पहिलो लेगमा इन्टरले २-१ को जित निकालेको थियो ।
यो सँगै च्याम्पियन्स लिगको सेमीफाइनल समीकरण पूरा भएको छ भने अक इन्टरको भिडन्त स्पेनी हस्ती बार्सिलोनासँग हुनेछ । बार्सिलोना जर्मनीको बोरुसिया डर्टमण्डलाई समग्रमा ५-३ गोल अन्तरले हराउँदै सेमीफाइनलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण