बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
बिहीबार, ०४ वैशाख २०८२, २० : १७
काठमाडौँ । ब्राजिलियन फरवार्ड विश्वकप फुटबल विजेता रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगन भएको छ ।
अप्रिल १८ मा उनी नेपालमा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) हेर्न आउने मिति तय गरिए पनि अचानक बिरामी परेका कारण उनी आउन नसक्ने भएका एनएसलले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै जानकारी दिएको हो । जहाँ लेखिएको छ – हामीलाई थाहा छ यो हामी सबैको लागि कति अर्थपूर्ण छ। उहाँको स्वास्थ्य हाम्रो प्राथमिकता हो, र हामी यो असुविधाको लागि माफी चाहन्छौं।'
उनलाई ल्याउने कोसिस जारी रहेको र फाइनलअघि भए पनि आफूहरूले कार्लोसलाई ल्याउने प्रतिबद्धसमेत आयोजकले गरेको छ। पोस्टमा लेखिएको छ – तपाईंलाई चाँडै नयाँ मितिहरूबारे अद्यावधिक गराउनेछौँ ।
कार्लोस हेर्न आउने दर्शकहरूको टिकटसमेत फिर्ता दिइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण