इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। मृतक इंग्ल्याण्डका ६५ वर्षीय स्टेफन गोर रहेका छन्। उनी पर्यटक भिसामा नेपाल आएका थिए।
डोटी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराका अनुसार गोर गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए। बिहीबार राति करिब साढे ९ बजेको समयमा उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार उनी भित्रबाट ढोकाको चुक्कल लगाएर सुतिरहेका थिए। लामो समयसम्म ढोका नखुलेपछि, त्यही ठाउँमा बस्दै आएकी भारतको तामिलनाडु घर भई नेपाली मूलकी चित्रा कुमारी बमले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको बताइएको छ।
प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धान कार्य सकेपछि शव परीक्षणका लागि अस्पताल पठाइएको जनाएको छ। शव परीक्षणपछि कानुनी प्रक्रिया पूरा गरी मृतकको शव स्वदेश पठाउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मृतक स्टेफन गोर र चित्रा कुमारी बमका बुवा पुराना साथी हुन्। दुवै जना नेपाल घुम्न आएका थिए र कार्तिक महिनादेखि सोही स्थानमा छुट्टाछुट्टै डेरामा बस्दै आएका थिए।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण