इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। मृतक इंग्ल्याण्डका ६५ वर्षीय स्टेफन गोर रहेका छन्। उनी पर्यटक भिसामा नेपाल आएका थिए।
डोटी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराका अनुसार गोर गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए। बिहीबार राति करिब साढे ९ बजेको समयमा उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार उनी भित्रबाट ढोकाको चुक्कल लगाएर सुतिरहेका थिए। लामो समयसम्म ढोका नखुलेपछि, त्यही ठाउँमा बस्दै आएकी भारतको तामिलनाडु घर भई नेपाली मूलकी चित्रा कुमारी बमले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको बताइएको छ।
प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धान कार्य सकेपछि शव परीक्षणका लागि अस्पताल पठाइएको जनाएको छ। शव परीक्षणपछि कानुनी प्रक्रिया पूरा गरी मृतकको शव स्वदेश पठाउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मृतक स्टेफन गोर र चित्रा कुमारी बमका बुवा पुराना साथी हुन्। दुवै जना नेपाल घुम्न आएका थिए र कार्तिक महिनादेखि सोही स्थानमा छुट्टाछुट्टै डेरामा बस्दै आएका थिए।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ
-
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबिच भेटवार्ता
-
समाजको बदलिँदो सांस्कृतिक छवि
-
हिमाली क्षेत्रका मुलुकहरूले चरम मौसमीय अवस्थाको सामना गरिरहेका छन् : वनमन्त्री शाही
-
टुँडिखेलमा साकेला नाच, तस्बिरमा हेर्नुहोस्
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण