चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एक जना पुरुष घाँटीमा चोट लागेको अवस्थामा प्रहरीको सम्पर्कमा पुगेका छन् । वैशाख १ मा चन्द्रागिरि नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर भागेको भन्दै हेटौँडा घर भएका नवराज दाहाल प्रहरीको सम्पर्कमा गएका हुन् ।
आक्रमण गर्नेहरूले आफ्नो साथबाट ३० लाख रुपैयाँ लुटेर भागेको उनले प्रहरीसँग बताएका छन् । उनको घाँटीमा धारिलो हतियारले रोपेको चोट देखिएको छ । उनलाई उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
स्वामी बन्न भनेर हिँडेका दाहालले दुबई जानेहरूको टिकट काट्न रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । टिकट काट्नु भनेर बोकेको सो रकम लुटपाट भएको उनको जिकिर छ ।
प्रहरी वृत्त थानकोटका अनुसन्धान अधिकृतहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन् । प्रहरीका एक जना अधिकृत भन्छन्– ‘लुटपाट भए नभएकोबारे हामी यकिन गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न