अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
शुक्रबार, ०५ वैशाख २०८२, २३ : ०६
काठमाडौंँ । अभिनेत्री नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।
न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको अदालत स्रोतले जानकारी दियो । उनीहरुको विवाह दर्ता प्रमाण पत्र भने प्रक्रियामा रहेकोले लिन बाँकी छ ।
नीति र यचितले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यु गरेकी हुन् ।
यो फिल्म व्यावसायिक असफल भएको थियो भने गत दसैँमा उनी अभिनित दोस्रो फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो ।
उनी अभिनित पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण