रोबर्टो कार्लोस अब अर्को हप्ता एनएसएल हेर्न आउने
काठमाडौँ । स्वास्थ्य समस्याका कारण रोकिएको ब्राजिलका महान् खेलाडी रोबर्टो कार्लोस नयाँ मितिमा नेपाल सुपर लिग (एनएसएल) हेर्न आउने भएका छन् ।
शुक्रबार एक भिडियो सन्देश जारी गर्दै उनले चैत ९ र १० गते नेपाल भ्रमण गर्ने जानकारी दिएका हुन् ।
भिडियो सन्देशमा उनले यसअघि आफूले नेपाल भ्रमण स्थगित नभएर केही समयलाई पछि मात्र सारेको जिकिर गरेका छन् । स्वास्थ्य समस्यापछि डाक्टरहरूले केही समय आराम गर्न भनेपछि आफू यसअघि भनिएको समयमा आउन नपाएको उनको भनाई छ ।
उनले आफ्नो समस्या बुझिदिएकोमा र धैर्यता देखाएकोमा सबैलाई धन्यवाद दिँदै आगामी हप्ता यहाँ आइपुग्ने बताएका छन् ।
यसअघि, कार्लोस आज नेपाल आइपुग्ने तय गरिएको थियो । यसका लागि टिकटसमेत बिक्री गरिएको थियो । आयोजकले कार्लोसलाई हेर्न भनेर यसअघि काटिएको टिकट फिर्ता गर्ने जानकारी दिएको थियो ।
सन् १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीका सदस्य रहेका कार्लोसले सन् २००२ को विश्वकप उपाधि जितेका थिए । उनी सन् १९९६ देखि २००७ सम्म स्पेनिस क्लब रियल मड्रिडसँग आबद्ध थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण