समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघ नेपालको चौथो महाधिवेशन हुने भएको छ । यही वैशाख १७ गते राजधानीमा महाधिवेशन हुन लागेको अध्यक्ष नवराज दाहालले जानकारी दिए ।
महाधिवेशनमा १८ वटा राष्ट्रिय संघ, सातै प्रदेशका प्रतिनिधिहरू, जिल्लास्तरीय संगठनहरू, विभिन्न पेशागत संघ-संगठनहरू, उद्योग, निर्माण, यातायात, सुरक्षा, व्यापार, शिक्षा, स्वास्थ्य, होटल, बैंक तथा वित्तीय संस्था, सञ्चार, घरेलु कामदार, कृषि लगायतका क्षेत्रका मजदुरहरूको सहभागिता रहने उनले बताए। महाधिवेशनमार्फत श्रमिकहरूको हकहित, मजदुर वर्गको सशक्त संगठन निर्माण तथा श्रम क्षेत्रको सुधारका विषयमा गम्भीर छलफल गरिने उनको भनाइ छ ।
दाहालले राजधानीको कालिकास्थानस्थित सांस्कृतिक संघमा हुने महाधिवेशनले श्रमिक वर्गको हक अधिकार स्थापित गर्ने मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे। उनले सबै श्रमिक वर्गलाई महाधिवेशनमा सहभागिता जनाउन आह्वान गरेका छन्।
"संगठित बनौं र नेपालमा एकीकृत श्रमिक अधिकार प्राप्तिका लागि संघर्ष गरौं" भन्ने मूल नाराका साथ आयोजना गरिएको महाधिवेशनले समाजवादी श्रमिक आन्दोलनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण