मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

आउने भए ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस, एलओडीमा पनि सहभागी हुने

शनिबार, ०६ वैशाख २०८२, १७ : २७
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आउने भएका छन् ।

मंगलबार वैशाख ९ गते उक्त क्लबमा कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगका लागि आउने उनी मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए । 'शुक्रबार आउने पूर्वजानकारी थियो, तर उहाँको स्वास्थ्य अनुकूल रहेकाले तीन दिन ढिला गरी मंगलबार आउनुहुनेछ,' कुँवरले भने ।

एलओडीमा कार्लोसको विशेष उपस्थिति हुने नेपाल सुपर लिगका आयोजकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप