‘२०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ’
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दाबी गरेका हुन् । उनले भारतका ९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आउने र हिन्दु राष्ट्र स्थापित हुन्छ भनिरहेको जिकिर गरे । पूर्वसेनापतिको पनि अन्तर्वार्ता आएको उनले बताए ।
‘कुनै मान्छे मर्नुपर्यो भने उसको जन्मबार, तीथि, नक्षत्रमा मर्छ भन्ने मान्यता छ । यो गणतन्त्रको घोषणा जेठको १५ गते भएको होइन ? यसको अन्त्य पनि २०८२ सालको जेठको १५ गते हुन्छ,’ उनले भने । उनले आफूहरूको अबको आन्दोलनका बारेमा छिटै जानकारी दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण