सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

‘२०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ’

शनिबार, ०६ वैशाख २०८२, १७ : ५९
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दाबी गरेका हुन् । उनले भारतका ९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आउने र हिन्दु राष्ट्र स्थापित हुन्छ भनिरहेको जिकिर गरे । पूर्वसेनापतिको पनि अन्तर्वार्ता आएको उनले बताए ।

‘कुनै मान्छे मर्नुपर्‍यो भने उसको जन्मबार, तीथि, नक्षत्रमा मर्छ भन्ने मान्यता छ । यो गणतन्त्रको घोषणा जेठको १५ गते भएको होइन ? यसको अन्त्य पनि २०८२ सालको जेठको १५ गते हुन्छ,’ उनले भने । उनले आफूहरूको अबको आन्दोलनका बारेमा छिटै जानकारी दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप