प्रधानमन्त्री र ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरूबीच आइतबार भेटवार्ता भएको छ ।
विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उनीहरूको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुभेच्छासहित भेटवार्ता गरेका हुन् ।
इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए ।
विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीहरूमा रहने जनेटिक मोमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल, भुटान, भारत, संयुक्त राज्य अमेरिका, दुबइ, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्यान्डलगायतका नेपाली मूलका प्रतियोगीहरूको सहभागिता रहेको इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण