प्रधानमन्त्री र ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरूबीच आइतबार भेटवार्ता भएको छ ।
विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उनीहरूको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुभेच्छासहित भेटवार्ता गरेका हुन् ।
इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए ।
विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीहरूमा रहने जनेटिक मोमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल, भुटान, भारत, संयुक्त राज्य अमेरिका, दुबइ, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्यान्डलगायतका नेपाली मूलका प्रतियोगीहरूको सहभागिता रहेको इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्राहकको जोखिम व्यवस्थापनका लागि वित्तीय साक्षरता
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’
-
पाँचथरबाट ‘जारी २’को छायाङ्कन सुरु
-
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण (तस्बिरहरू)
-
गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन