इसान एसियन पब्जी च्याम्पियनसिप वैशाखको तेस्रो साता
काठमाडौँ । ई - स्पोट्स सङ्घ नेपाल (इसान) को आयोजनामा इसान एसियन पब्जी च्याम्पियनसिप आगामी वैशाखको तेस्रो सातामा हुने भएको छ ।
कुल १३ राष्ट्रको टोलीले प्रतिस्पर्धा गर्ने इसान एसियन पब्जी च्याम्पियनसिपमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुन लागेको हो ।
आइतबार पत्रकार सम्मेलनमार्फत ई-स्पोट्स सङ्घ नेपालका अध्यक्ष अञ्जन धमलाले सङ्घको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता हुन लागेको बताए ।
उक्त प्रतियोगितामा नेपालका तीन टोली डिआरएस, होरा इस्पोट्र्स र नेपेक्स स्पोट्सले खेल्ने भएको छ ।
मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बङ्गलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलङ्का र माल्दिभ्सका टोलीले भर्चुअलको माध्यमबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिग ब्राकेट्स स्पोट्सले च्याम्पियनसिपमा टेक्निकल व्यवस्थापन गर्ने इसानले जनाएको छ ।आयोजकले यस प्रतियोगिता आयोजना गर्न ३२ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ ।
प्रतियोगिताका शीर्ष ६ टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । सङ्घका अध्यक्ष धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए ।
उनले ई स्पोट्र्सको पब्जी मोबाइल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताए । अध्यक्ष धमलाले भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण