बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

इसान एसियन पब्जी च्याम्पियनसिप वैशाखको तेस्रो साता

आइतबार, ०७ वैशाख २०८२, १८ : ३२
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । ई - स्पोट्स सङ्घ नेपाल (इसान) को आयोजनामा इसान एसियन पब्जी च्याम्पियनसिप आगामी वैशाखको तेस्रो सातामा हुने भएको छ ।

कुल १३ राष्ट्रको टोलीले प्रतिस्पर्धा गर्ने इसान एसियन पब्जी च्याम्पियनसिपमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुन लागेको हो ।

आइतबार पत्रकार सम्मेलनमार्फत ई-स्पोट्स सङ्घ नेपालका अध्यक्ष अञ्जन धमलाले सङ्घको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता हुन लागेको बताए ।

उक्त प्रतियोगितामा नेपालका तीन टोली डिआरएस, होरा इस्पोट्र्स र नेपेक्स स्पोट्सले खेल्ने भएको छ । 

मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बङ्गलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलङ्का र माल्दिभ्सका टोलीले भर्चुअलको माध्यमबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिग ब्राकेट्स स्पोट्सले च्याम्पियनसिपमा टेक्निकल व्यवस्थापन गर्ने इसानले जनाएको छ ।आयोजकले यस प्रतियोगिता आयोजना गर्न ३२ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ । 

प्रतियोगिताका शीर्ष ६ टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । सङ्घका अध्यक्ष धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए । 

उनले ई स्पोट्र्सको पब्जी मोबाइल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताए । अध्यक्ष धमलाले भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप