धनकुटामा सवारी दुर्घटना हुँदा ७ जना घाइते, ४ जनाको अवस्था गम्भीर
धनकुटा । धनकुटाको पाख्रीबास–५, देविथानमा भएको सवारी दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका–१ की बीरमाया तामाङ, टेम्केमैयुङ गाउँपालिका–७ की बेगना चेम्जोङ, झापा विर्तामोड–७ का कृष्ण बहादुर राई र भोजपुर टेम्केमैयुङ–७ का तपिराज राई छन् ।
यस्तै संखुवासभाको चैनपुर–२ का रमेश कार्की, भोजपुर रामप्रसाद राई गाउँपालिका–१ का किशोर तामाङ र भोजपुर नगरपालिका–७ का प्र्रबिन कुमार सुवाल सामान्य घाइते भएका छन् ।
गम्भीर घाइते चार जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र अन्यको स्थानीय पाख्रीबार आधारभुत अस्पतालमा उपचार भइरहेको छ ।
भोजपुरबाट ईटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२९ नम्बरको इभी हाइस गाडी आइतबार दिउँसो साढे चार बजे दुर्घटनामा परेको हो ।
गाडी सडकबाट करिब २० मिटर तल खसेको थियो । उक्त गाडीमा १६ जना यात्रु सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण