बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
सोमबार, ०८ वैशाख २०८२, ०४ : २८
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिककार्य गर्ने अधिकारसहित जिम्मेवारी दिइएको हो ।
नयाँ उपकुलपति सिफारिश भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर अन्जु प्रधानले जानकारी दिईन् ।
शिक्षाध्यक्ष शर्माले यसअघि पनि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए । डा. ज्ञानेन्द्र गिरीको उपकुलपति कार्यकाल गत चैत २६ गते समाप्त भएको थियो । त्यसपछि उपकुलपति नियुक्तिको सुरसार हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण