शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

सोमबार, ०८ वैशाख २०८२, ०८ : ३९
सोमबार, ०८ वैशाख २०८२

‎सुर्खेत । कालिकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। ‎आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका-२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हाे ।

‎जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले  पलाँता-९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको जानकारी दिए । 

रावतका अनुसार ‎‎मृत्यु हुनेमा पलाँता-४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र खत्याड, ५ मुगुका चन्द्र प्रकाश रोकाया रहेका छन् । ट्र्याक्टर भीरबाट खसेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप