विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु

वीरगन्ज । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोटरसाइकल पोलमा ठोक्किएर भएकाे दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पर्साकै जिराभवानी गाउँपालिका– २ का ३० वर्षीय बिहारी राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टले बताए । उनका अनुसार जिराभवानी गाउँपालिका–२ सडक खण्डमा रहेको विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना हुँदा गम्भीर घाइते रामको उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ग ५ प ८३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा जलेश्वरका राम भने भन्ने व्यक्ति गम्भीर घाइते भएको पर्सा प्रहरीले जनाएकाे छ । रामको अवस्था चिन्ताजनक रहेको बताइएकाे छ । उनको वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
-
विप्लवले भेटे झलनाथ खनाल
-
ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम (तस्बिरहरू)