नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले

काठमाडौँ । नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७६ औँ वर्षगाँठ विविध कार्यक्रम गरेर मनाउँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना राखिएको छ ।
कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने एमालेको तयारी छ ।
कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्ने लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) लाई सम्मान गर्ने एमालेको तयारी छ ।
त्यसबाहेक पार्टीले प्रकाशित गरेको ‘शेल्टर’ नामको पुस्तक विमोचन गर्ने कार्यक्रम समेत रहेको छ । यसअघि पार्टी स्थापनाको ७५ औँ स्थापना दिवसका अवसरमा एमालेले पूर्वराष्ट्रपति पति विद्यादेवी भण्डारीलगायतलाई सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा, विश्वकप लिग-२ सिरिजमा भिड्दै
-
किशोरीमाथि जबरजस्ती करणी गर्ने पक्राउ
-
दक्षिणी गाजा सहरमा रातभर हवाई आक्रमण, ५४ जनाको मृत्यु
-
सरकार सञ्चालनका विषयमा कांग्रेस र एमालेबिच समस्या छैन : गृहमन्त्री
-
किर्ते कागजात बनाउने कारखानामा छापा मार्दा यस्तो भेटियो, तस्बिरहरू
-
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति