नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
काठमाडौँ । नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७६ औँ वर्षगाँठ विविध कार्यक्रम गरेर मनाउँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना राखिएको छ ।
कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने एमालेको तयारी छ ।
कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्ने लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) लाई सम्मान गर्ने एमालेको तयारी छ ।
त्यसबाहेक पार्टीले प्रकाशित गरेको ‘शेल्टर’ नामको पुस्तक विमोचन गर्ने कार्यक्रम समेत रहेको छ । यसअघि पार्टी स्थापनाको ७५ औँ स्थापना दिवसका अवसरमा एमालेले पूर्वराष्ट्रपति पति विद्यादेवी भण्डारीलगायतलाई सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण