दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला
मङ्गलबार, ०९ वैशाख २०८२, ०९ : ०४
काठमाडौँ । सोमबार रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये २ बालकको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान नदीबाट शव निकालेको हो ।
सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र वर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । उनीहरूको खोजीको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल नं। ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।
सुरक्षा वेश लुम्बिनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालाको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव फेला पारेको हो । बेपत्ता मध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण