सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला

मङ्गलबार, ०९ वैशाख २०८२, ०९ : ०४
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ ।  सोमबार रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये २ बालकको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान नदीबाट शव निकालेको हो ।  

सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र वर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । उनीहरूको खोजीको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल नं। ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।

सुरक्षा वेश लुम्बिनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालाको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव  फेला पारेको हो । बेपत्ता मध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप