कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला
मङ्गलबार, ०९ वैशाख २०८२, ०९ : २९

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट सडक छेउमा जलेको अवस्थामा एक शव फेला परेको छ।
मंगलबार बिहान करिब ६:४५ बजे तिर तोरीको भुसमा लागेको आगोमा जलेको अवस्थामा मोटरसाइकलसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।
प्रहरीका अनुसार शवको सनाखत हुन सकेको छैन र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता