तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी

जेद्दा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका छन् । साउदी अरबका क्राउन प्रिन्स र प्रधानमन्त्री मोहम्मद बिन सलमानको निम्तोमा अप्रिल २२ मा दुई दिने भ्रमणमा मोदी त्यसतर्फ गएका हुन् ।
‘साउदी अरेबियाको जेद्दाह जाँदै छु, जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु । भारतले साउदी अरबसँगको आफ्नो ऐतिहासिक सम्बन्धलाई महत्त्व दिन्छ । विगत एक दशकमा द्विपक्षीय सम्बन्धले उल्लेखनीय गति लिएको छ । म रणनीतिक साझेदारी परिषद्को दोस्रो बैठकमा भाग लिन उत्सुक छु । म त्यहाँ रहेका भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्नेछु ।’ साउदी अरेबिया जानुअघि प्रधानमन्त्री मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा ट्वीट गर्दै भनेका थिए ।
मोदीको तेस्रो कार्यकालमा उनको यो पहिलो साउदी अरब भ्रमण हुनेछ । यसअघि उनले २०१६ र २०१९ मा त्यहाँ भ्रमण गरेका थिए । सेप्टेम्बर २०२३ मा जी२० शिखर सम्मेलनको छेको पारेर मोहम्मद बिन सलमानले भारतको भ्रमण गरेपछि यो भ्रमण भएको हो । सोही समयमा, रणनीतिक साझेदारी परिषद्को पहिलो बैठक पनि सम्पन्न भएको थियो ।
भ्रमणको क्रममा दुई देशबिच कयौँ सम्झौतामा हस्ताक्षर हुन सक्ने मोदीले बताएका छन् । सम्झौताहरू अन्तिम स्वीकृतिको चरणमा रहेका र भ्रमणको क्रममा पूर्ण विवरणहरू साझा गरिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा