डिजिटल प्रविधिको प्रयोग र विस्तारमा सम्भावनाहरूको खोजी गरिरहेका छौँ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कृषि, पर्यटन, स्वास्थ्य र पूर्वाधार जस्ता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग र विस्तारमा प्रदेश सरकारले सम्भावनाहरूको खोजी गरिरहेको बताएका छन् ।
मङ्गलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ‘डिजिटल कर्णाली’ कन्क्लेभमा बोल्दै उनले अहिलेको परिवर्तनलाई आत्मसात् गर्दै कर्णाली सरकारले ‘डिजिटल कर्णाली’ अभियानलाई प्राथमिकतामा राखेको बताए ।
‘अबको प्राथमिकता डिजिटल पूर्वाधार विस्तार, इन्टरनेट पहुँच, सूचनाको हकको प्रवर्द्धन, डिजिटल शिक्षा प्रणाली र ई–गभर्नेन्समार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने कामहरू हाम्रो लागि महत्त्वपूर्ण विषयहरू हुन्,’ उनले भने, ‘हाम्रो ध्यान अहिले यसैमा गइरहेको छ ।’
यही अभियान अन्तर्गत कर्णाली प्रदेशका विद्यालयहरूलाई नमुनाको रूपमा विकास गर्दे डिजिटल शिक्षाको कार्यक्रमहरू सुरु हुने क्रममा रहेको पनि उनले बताए ।
डिजिटल पूर्वाधार, डिजिटल शिक्षा र डिजिटल पहुँच बिनाको समावेशी विकास कल्पना गर्न नसकिने कँडेलको भनाइ छ । उनले भने, ‘तर यो सबै पहललाई सफल बनाउन निजी क्षेत्र, शिक्षण संस्था, प्रविधि विशेषज्ञ तथा नागरिक समाजसँगको सहकार्य अपरिहार्य छ ।’
कर्णालीलाई प्रविधिमा आत्मनिर्भर बनाउने दृष्टिकोणबाट सोच्नुपर्ने पनि उनले बताए । ‘डिजिटल प्रविधिको विकास केवल सेवा उपभोग होइन,’ उनले भने, ‘स्वरोजगार, उद्यमशीलता र नवप्रवर्तनको माध्यम बन्नुपर्ने हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता