कर्मचारीको सरुवा
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
मङ्गलबार, ०९ वैशाख २०८२, १९ : १९
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा/कामकाज/काज खटाइएको हो ।
सहसचिव रुद्र बहादुर कार्कीको लोक सेवा आयोगमा सरुवा गरिएको छ । यज्ञ पुरीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कामकाजका लागि खटाइएको छ ।
त्यस्तै रोशन ज्ञवालीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । मोतिराम सापकोटाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेशमा कामकाजका लागि खटाइएको छ ।
मुक्तिराम अर्यालको लोकसेवा आयोगमा सरुवा गरिएको छ भने सहसचिव मुकेश डंगोललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काजमा खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण