ला लिगामा बार्सिलोनाले अंक दुरी बढायो, रियाल मड्रिड दबाबमा
बुधबार, १० वैशाख २०८२, ०५ : २८
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले घरेलु मैदानमा मलोर्कालाई १-० ले हराएको हो । ३३ औं खेलमा बार्सिलोनालाई विजयी गराउन दानी ओल्मोले निर्णायक गोल गरे । ओल्मोले पहिलो आधा अर्थात् हाफलगत्तै ४६ औं मिनेटमा गरेको गोल निर्णायक सावित भएको हो ।
यो जितसँगै बार्सिलोनाले अंक दुरी बढाएको छ । उसले दोस्रो स्थानको रियाल मड्रिडसँग ७ अंकको दुरी कायम गरेको हो । ३२ खेल खेलेको रियालको ६९ अंक छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ७६ अंक भएको छ ।
यससँगै रियाल दबाबमा परेको छ । उलाई बुबार गेटाफेविरुद्धको खेल जित्नै पर्ने दबाब छ । यस्तै, ला लिगामै भ्यालेन्सिया र इस्पानियोलले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण