नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो
बुधबार, १० वैशाख २०८२, १४ : ४०
काठमाडौँ । नेपालको राष्ट्रिय फल सुन्तला ठुलो परिमाणमा बाहिरी मुलुकबाट आयात हुँदा ठुलो रकम बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ चैत मसान्तसम्ममा सुन्तला आयात हुँदा १ अर्ब ६ करोड १३ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ ।
सो मूल्य बराबरको १ करोड ५३ लाख ४३ हजार ६९५ किलो सुन्तला आयात हुँदा २० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तो सो अवधिमा ७ अर्ब ३४ करोडको स्याउ, १ अर्ब ४० करोड बराबरको ताजा अङ्गुर, ३२ करोड बराबरको खरबुजा, २५ करोड बराबरको आँप, २३ करोडको आरु २० करोडको मेवा, १७ करोडको किवी, ६ करोड बराबरको अम्बा आयात भएको छ ।
यस्तै १० करोडको भुइँकटहर, ५ करोड बराबरको एभोकाडो आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण