कृष्ण पहाडीको टिप्पणी: पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक स्वतन्त्रताका शत्रु हुन्

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठुलो शत्रु पूर्व राजा ज्ञानेन्द्र शाह भएको टिप्पणी गरेका छन् ।
केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक स्वतन्त्रता भन्दा ठुलो कुनै तन्त्र र वाद हुँदैन भन्ने भनाइप्रति टिप्पणी गर्दै पहाडीले नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठुलो शत्रु शाह नै भएको इतिहासबाट प्रमाणित भइसकेको बताएका हुन् ।
१९ औँ लोकतन्त्र दिवसका अवसरमा बुधबार समाजद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पहाडीले केही दर्जन भ्रष्ट नेताहरूका कारण लोकतन्त्रलाई नै धराप पारिएको भन्दै दागी नेताहरूलाई कारबाही गरी सुशासन प्रत्याभूतिको सन्देश दिन आग्रह गरे ।
पहाडीले जारी शिक्षक आन्दोलनका सन्दर्भमा शिक्षकहरूसँग विगतमा भएका सहमति शीघ्र कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा योगदान गर्ने नागरिक अगुवाहरू कृष्ण खनाल, नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरी, नेपाल मेडिकल एसोसिएसनका पूर्व सभापति डा। केदारनरसिंह केसी, कवि अर्जुन पराजुली, नन्दकृष्ण जोशीले खराबलाई दण्डित र असललाई पुरस्कृत गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन