कृष्ण पहाडीको टिप्पणी: पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक स्वतन्त्रताका शत्रु हुन्
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठुलो शत्रु पूर्व राजा ज्ञानेन्द्र शाह भएको टिप्पणी गरेका छन् ।
केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक स्वतन्त्रता भन्दा ठुलो कुनै तन्त्र र वाद हुँदैन भन्ने भनाइप्रति टिप्पणी गर्दै पहाडीले नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठुलो शत्रु शाह नै भएको इतिहासबाट प्रमाणित भइसकेको बताएका हुन् ।
१९ औँ लोकतन्त्र दिवसका अवसरमा बुधबार समाजद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पहाडीले केही दर्जन भ्रष्ट नेताहरूका कारण लोकतन्त्रलाई नै धराप पारिएको भन्दै दागी नेताहरूलाई कारबाही गरी सुशासन प्रत्याभूतिको सन्देश दिन आग्रह गरे ।
पहाडीले जारी शिक्षक आन्दोलनका सन्दर्भमा शिक्षकहरूसँग विगतमा भएका सहमति शीघ्र कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा योगदान गर्ने नागरिक अगुवाहरू कृष्ण खनाल, नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरी, नेपाल मेडिकल एसोसिएसनका पूर्व सभापति डा। केदारनरसिंह केसी, कवि अर्जुन पराजुली, नन्दकृष्ण जोशीले खराबलाई दण्डित र असललाई पुरस्कृत गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण