जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
बुधबार, १० वैशाख २०८२, २१ : ३९

कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जनक विष्टको उपचारका क्रममा मृत्यु भएको छ। ४५ वर्षीय विष्ट बुधवार साँझ वेदकोट नगरपालिका–३ स्थित बेतकोट ताल नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेका थिए।
स्थानीयवासीले जंगलमा अचेत अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पुर्याइएका थिए ।
अस्पतालमा भर्ना गरिएपनि उपचारका क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार प्रारम्भिक अनुसन्धानमा विष सेवन गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री