जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
बुधबार, १० वैशाख २०८२, २१ : ३९
कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जनक विष्टको उपचारका क्रममा मृत्यु भएको छ। ४५ वर्षीय विष्ट बुधवार साँझ वेदकोट नगरपालिका–३ स्थित बेतकोट ताल नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेका थिए।
स्थानीयवासीले जंगलमा अचेत अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पुर्याइएका थिए ।
अस्पतालमा भर्ना गरिएपनि उपचारका क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार प्रारम्भिक अनुसन्धानमा विष सेवन गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण