शिक्षा विधेयक र शिक्षकका समस्या समाधानमा माओवादीले पहल गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक र शिक्षकहरूका समस्या समाधान गर्न पहलकदमी गर्ने भएको छ ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले शिक्षकहरू लामो समयदेखि सडकमा रहे पनि सरकारले उनीहरूका माग सम्बोधनमा चासो नदेखाएको भन्दै अन्य दलहरूसँग समेत छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा वैशाख १२ गतेदेखि सुरु हुने संघीय संसद्मा दलको तर्फबाट कसरी प्रस्तुत हुने र बजेट अधिवेशनमा सरकारका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम, प्रि बजेटबारे छलफल भएको थियो ।
‘विद्यालय शिक्षा विधेयक र शिक्षकका समस्या समाधान गर्न प्रमुख प्रतिपक्ष दलले अरू प्रतिपक्ष दलसँग छलफल गर्ने र समस्या समाधानमा पहलकदमी लिने निर्णय गरेको छ’, बैठकपछि प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।
साथै निजामती कर्मचारी, प्रहरी विधेयकलाई समेत अघि बढाउन माओवादीले पहलकदमी गर्ने जनाएको छ । बैठकमा अध्यक्ष प्रचण्डले संसद्मा पुगेका विधेयकहरू पारित गर्न पार्टीका तर्फबाट संसद्मा खेल्नुपर्ने आवश्यक भूमिकाबारे निर्देशन दिएका थिए ।
त्यस्तै माओवादीले सरकारले ल्याउने नीति तथा कार्यक्रम, प्री बजेट र बजेटबारे छलफल गर्दै आउने ती कार्यक्रमहरू जनताको पक्षमा कसरी बनाउने भन्नेमा विमर्श गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण