पदभार ग्रहण
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
बिहीबार, ११ वैशाख २०८२, १७ : ३३
काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूका समस्या वार्ताबाट समाधान गर्ने बताएका छन् । पदभार ग्रहण गरेपछि मन्त्री पन्तले शिक्षकका समस्याबारे जानकार रहेको बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न प्रयत्न गर्ने बताएका हुन् ।
शिक्षकहरूको समस्याका बारेमा जानकार रहेको बताउँदै उनले मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेपछि कसरी अगाडि जाने भन्ने विषयमा बोल्ने बताए ।
‘भर्खर त मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । शिक्षकहरूका मागका विषयमा जानकार छु । मन्त्रालयका अधिकारीहरूले वार्ताको लागि पहल गरिरहेका छन् । यो विषयमा बुझेपछि आफ्नो धारणा बनाउँला,’ पन्तले भने ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण