गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
रफाह । बिहीबार गाजा पट्टीमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ । यो जानकारी गाजाका स्वास्थ्य अधिकारीहरू र राहतकर्मीहरूले दिएका हुन् ।
उत्तरी गाजा शहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा बिहान क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ ।
जबालियामा हमास र यसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहादको ‘कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टर’ मा आक्रमण गरेको इजरायल रक्षा बल (आईडीएफ)ले बताएको छ ।इजरायलले उक्त ठाउँ आक्रमणको योजना बनाउन प्रयोग भइरहेको बताएको छ ।
जबलियाको अर्द हलावा क्षेत्रमा रहेको एक सर्वसाधारणको घरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले बताएको थियो । आफूले रिपोर्टहरूको बारेमा अनुसन्धान गरिरहेको पनि आईडएिफले भनेको छ । यस क्षेत्रका अन्य स्थानहरूमा २९ जनाको मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण