आतङ्कवादी हमलाको निसाना बनेको पहलगाम : जहाँ कैयौँ चर्चित फिल्म छायाङ्कन भए
काठमाडौँ । भारतको कश्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ । योसँगै अहिले पहलगामबारे अन्तर्राष्ट्रियस्तरमै चर्चा हुन थालेको छ ।
कश्मिरलाई धर्तीकै स्वर्ग पनि भनिन्छ । प्राकृतिक सुन्दरताको धनी यो ठाउँमा पर्यटकहरू छुट्टी मनाउन, जीवनका खास उत्सव मनाउन आउने गर्दछन् । कश्मिरको पहलगाममा कयौँ बलिउड फिल्म छायाङ्कन भएका छन् ।
सलमान खान अभिनित ‘बजरंगी भाइजान’को केही दृश्य पहलगाममै छायाङ्कन भएको थियो । यो फिल्मको एउटा कब्बाली गीतसमेत पहलगामको हिल स्टेशन ऐशमुकाम गाउँमा छायाङ्कन भएको हो ।

यसैगरी शाहिद कपुर अभिनित चलचित्र ‘हैदर’मा पनि पहलगामका केही सुन्दर दृश्य छन् ।

सन् १९८३ मा ‘बेताब’ फिल्म कश्मिरको पहलगाममै छायाङ्कन भएको हो । बेताब फिल्म छायाङ्कन भएका कारण नै उपत्यकाको नामसमेत ‘बेताब’ राखिएको छ ।

ऋषि कपुर र डिम्पल कपाडिया अभिनित फिल्म ‘बबी’ पनि पहलगाममा छायाङ्कन भएको थियो । यस्तै राजेश खन्नाको फिल्म ‘रोटी’ र शबाना आजमीको ‘खामोश’मा पनि पहलगामको दृश्य कैद छ ।
इम्तियाज अलीको ‘हाइवे’ र मेघना गुलजारको फिल्म ‘राजी’ पनि पहलगाममा छायाङ्कन भएको थियो । यी दुवै फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा थिइन् ।

यश चोपडाको ‘जब तक है जान’ फिल्म पनि पहलगाममा छायाङ्कन गरिएको थियो, जसमा शाहरुख खान, कट्रिना क्याफ र अनुष्का शर्माले अभिनय गरेका थिए ।

साउथ इन्डियन फिल्म पनि कश्मिरमा छायाङ्कन भएका छन् । विजय देवरकोन्डा र समान्था रुथ प्रभु अभिनित फिल्म ‘खुशी’ पनि पहलगाममा छायाङ्कन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण