'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनमा धारणा राख्दै प्रमुख सचेतक घिमिरेले भने, ‘सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा पार्ने प्रयास भइरहेको छ ।’
उनले पूर्वाधार गाउँ गाउँमा पुगे, मानिस खोज्न सहरमा पुग्नुपर्ने बाध्यता सृजना भएको बताए । यो अवस्था घटाउनका लागि ठोस कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
व्यवस्था परिवर्तन भएको २० वर्षमा व्यवस्थासँगै अवस्था पनि परिवर्तन भएको बताए ।
उनले केहीले मुलुकमा अशान्ति मच्चाउन विभिन्न भाष्य निर्माण गर्न लागिरहेको बताए ।
‘केही अशान्तितर्फ धकेल्दै मुलुकलाई पुरानो अवस्थामा फर्काउन लागिरहेका छन् । अशान्ति मच्चाउने तत्त्वले एक किसिमको भाष्य निर्माण गरिरहेका छन्,’ घिमिरेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण