शिक्षक आन्दोलन
वार्ता गर्न गएका शिक्षक नेताहरू सिंहदरबारको गेटमै रोकिए
शुक्रबार, १२ वैशाख २०८२, १६ : ०२
काठमाडौँ । सरकारसँग छलफल गर्न गएका नेपाल शिक्षक महासंघका नेताहरू सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघको टोलीलाई बोलाएको थियो । सोही आधारमा वार्ताका लागि सिंहदरबार पुगेको महासंघको टोली गेटमा रोकिएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले वार्ताका लागि बोलाएको तर, गेटबाट भित्र छिर्न नदिएको बताए । भित्र छिर्न नदिएपछि छलफलका लागि नगई फर्किन लागेको बताए ।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका थिए । सोहीअनुसार नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जना शिक्षक नेताहरू सिंहदरबार गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण