शिक्षक आन्दोलन
वार्ता गर्न गएका शिक्षक नेताहरू सिंहदरबारको गेटमै रोकिए
शुक्रबार, १२ वैशाख २०८२, १६ : ०२
_aspfEzD8SH.jpg)
काठमाडौँ । सरकारसँग छलफल गर्न गएका नेपाल शिक्षक महासंघका नेताहरू सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघको टोलीलाई बोलाएको थियो । सोही आधारमा वार्ताका लागि सिंहदरबार पुगेको महासंघको टोली गेटमा रोकिएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले वार्ताका लागि बोलाएको तर, गेटबाट भित्र छिर्न नदिएको बताए । भित्र छिर्न नदिएपछि छलफलका लागि नगई फर्किन लागेको बताए ।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका थिए । सोहीअनुसार नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जना शिक्षक नेताहरू सिंहदरबार गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला