भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
काठमाडौँ । भारतको जम्मु काश्मिरको पहलगाममा भएका आतङ्ककारी हमलाको बारेमा भारताक लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेर संवेदना प्रकट गरेका छन् ।
सो क्रममा मन्त्री जयशंकरले आतङ्ककारी घटनामा एक जना नेपालीको मृत्यु भएकोमा संवेदना प्रकट गरेका छन् ।
आतङ्कवादी हमलाको क्रममा नेपाली नागरिक सुदीप न्यौपानेको हत्या भएको थियो । त्यसमा मन्त्री जयशंकरले दुख व्यक्त गर्दै न्यौपानेका परिवार तथा नेपालीप्रति संवेदना प्रकट गरेका छन् ।
उनीहरूको बिचमा नेपाल-भारतको बिच रहेका समग्र सम्बन्धको बारेमा समीक्षा पनि गरेको भारतस्थित नेपाली दुतावासले जनाएको छ । साथै दुई पक्षीय सम्बन्धका विकासको बारेमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
वैशाख ९ गते भएको आतकंकारी हमलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर संवेदना प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण