भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

काठमाडौँ । भारतको जम्मु काश्मिरको पहलगाममा भएका आतङ्ककारी हमलाको बारेमा भारताक लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेर संवेदना प्रकट गरेका छन् ।
सो क्रममा मन्त्री जयशंकरले आतङ्ककारी घटनामा एक जना नेपालीको मृत्यु भएकोमा संवेदना प्रकट गरेका छन् ।
आतङ्कवादी हमलाको क्रममा नेपाली नागरिक सुदीप न्यौपानेको हत्या भएको थियो । त्यसमा मन्त्री जयशंकरले दुख व्यक्त गर्दै न्यौपानेका परिवार तथा नेपालीप्रति संवेदना प्रकट गरेका छन् ।
उनीहरूको बिचमा नेपाल-भारतको बिच रहेका समग्र सम्बन्धको बारेमा समीक्षा पनि गरेको भारतस्थित नेपाली दुतावासले जनाएको छ । साथै दुई पक्षीय सम्बन्धका विकासको बारेमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
वैशाख ९ गते भएको आतकंकारी हमलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर संवेदना प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण