जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
शनिबार, १३ वैशाख २०८२, १० : ११
काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच आगामी वैशाख १७ गते पार्टी एकताको घोषणा हुन गइरहेको छ । दुवै पार्टी यसको व्यापक तयारीमा जुटेका छन् ।
एकीकरणको विषयमा थप छलफलका लागि भन्दै जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आगामी मंगलबार बेलुका ६ बजे पार्टीको कार्यालय मध्यवानेश्वरमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन नेताहरूलाई आग्रह गरिएको छ ।
बुधबार हुने पार्टी एकता कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसहित उपस्थित हुन आमन्त्रण पनि गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण