छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
शनिबार, १३ वैशाख २०८२, १५ : ३९

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- दाङ, घोराही उपमहानगरपालिका-१० स्थित सडकमा रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको रा.१ ख ३१८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय काली प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकस्थित सडकमा आँपटारीबाट गैंडाकोटतर्फ आउँदै गरेको ग.२ ख १०८० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका-३ बस्ने ६० वर्षीय ताईसन तामाङको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ स्टेशनपुरस्थित सडकमा झलारीबाट स्टेशनपुरतर्फ जाँदै गरेको म.१ ह १२३३ नम्बरको अटोबाट खसेर अटोमा सवार सोही ठाउँ बस्ने केशव ठगुन्नाको छोरा १३ वर्षीय निराजन ठगुन्नाको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि निसर्ग अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- मोरङ, विराटनगर महानगरपालिका-५ स्थित सडकमा दावाबन्दीबाट केशलीयातर्फ जाँदै गरेको प्र.१-०४-००१ त ०४१० नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुनसरी बर्जु गाउँपालिका-२ बस्ने ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- सिराहा, बरियारपट्टी गाउँपालिका-४ शोहपुरस्थित सडकमा शोहपुरबाट हरिपुरतर्फ जाँदै गरेको स.१ त ६३७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुरज रायको घटनास्थलमै मृत्यु भएको छ ।
- सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...