आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ

गुरुजी !
गुरुको मर्यादा पहिलेजस्तै फर्काएर आउ
हो, तिमी हेपिएको र पेलिएको कुरो सबैलाई बताऔँ
आउ, हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
तर पहिला पार्टीभित्रको तिम्रो क्रियाशीलता त्यागेर आउ
पार्टी भन्दै बोकी हिँडेको झन्डा फ्याँकेर आउ
आफ्नो बच्चा सरकारी स्कुलमा राखेर आउ ।
तिम्रो अधिकार लत्याइएको कुरो सडकबाटै देखाऔँ ।
आउ, हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ ।
तर पहिला पार्टीको झोला खोलामा बगाएर आउ
मेरो र तेरोको भावना हटाएर आउ
राष्ट्रका भविष्यहरू माथिको कर्तव्य पूरा गरेर आउ
ससम्मान विद्यालय फर्कने वाचा गरेर आउ ।
तिम्रो पेसागत हकहितको असुरक्षा विश्व माझ छरपस्ट बनाऔँ
आउ, हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
विद्यार्थीको सेवामा तल्लीन हुने कसम खाएर आउ
अभिभावकसँग एकपटक काँध जोडेर आउ
विकृतिको जालो सधैँ सधैँका लागि तोडेर आउ
सामाजिक भावना पहिलेजस्तै जोडेर आउ ।
गुरु समाजको अगुवा हो, गुरुको मर्यादा उचो बनाऔँ
आउ हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
तर घरपायक जागिरको लोभ छोडेर आउ
कुसंस्कार विरुद्ध चेतना बाँडेर आउ
अरुलाई पढाउने पाठ एकचोटि आफैँ घोकेर आउ
सार्वजनिक शिक्षा सुधार्ने अठोट बोकेर आउ ।
तिम्रो जीवनयापन निम्न भएको तथ्य एकपटक जचाऔँ
आउ, हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
मेरो आन्दोलनमै हुन्छु सहभागी भन्दै आउ
विगतमा भएका आफ्ना गल्तीहरू गन्दै आउ
बोर्डिङ भन्दा राम्रो पार्छाैं हाम्रो स्कुल भन्दै आउ
पेसागत मुद्दामा एकजुट भएर लड्ने साहस जुटाएर आउ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा