आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
गुरुजी !
गुरुको मर्यादा पहिलेजस्तै फर्काएर आउ
हो, तिमी हेपिएको र पेलिएको कुरो सबैलाई बताऔँ
आउ, हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
तर पहिला पार्टीभित्रको तिम्रो क्रियाशीलता त्यागेर आउ
पार्टी भन्दै बोकी हिँडेको झन्डा फ्याँकेर आउ
आफ्नो बच्चा सरकारी स्कुलमा राखेर आउ ।
तिम्रो अधिकार लत्याइएको कुरो सडकबाटै देखाऔँ ।
आउ, हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ ।
तर पहिला पार्टीको झोला खोलामा बगाएर आउ
मेरो र तेरोको भावना हटाएर आउ
राष्ट्रका भविष्यहरू माथिको कर्तव्य पूरा गरेर आउ
ससम्मान विद्यालय फर्कने वाचा गरेर आउ ।
तिम्रो पेसागत हकहितको असुरक्षा विश्व माझ छरपस्ट बनाऔँ
आउ, हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
विद्यार्थीको सेवामा तल्लीन हुने कसम खाएर आउ
अभिभावकसँग एकपटक काँध जोडेर आउ
विकृतिको जालो सधैँ सधैँका लागि तोडेर आउ
सामाजिक भावना पहिलेजस्तै जोडेर आउ ।
गुरु समाजको अगुवा हो, गुरुको मर्यादा उचो बनाऔँ
आउ हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
तर घरपायक जागिरको लोभ छोडेर आउ
कुसंस्कार विरुद्ध चेतना बाँडेर आउ
अरुलाई पढाउने पाठ एकचोटि आफैँ घोकेर आउ
सार्वजनिक शिक्षा सुधार्ने अठोट बोकेर आउ ।
तिम्रो जीवनयापन निम्न भएको तथ्य एकपटक जचाऔँ
आउ, हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
मेरो आन्दोलनमै हुन्छु सहभागी भन्दै आउ
विगतमा भएका आफ्ना गल्तीहरू गन्दै आउ
बोर्डिङ भन्दा राम्रो पार्छाैं हाम्रो स्कुल भन्दै आउ
पेसागत मुद्दामा एकजुट भएर लड्ने साहस जुटाएर आउ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण