नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त आन्दोलन समितिका संयोजक रहेका नवराज सुवेदीलाई भेट्न पुगेका छन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार शनिबार लिङ्देन सुवेदीलाई भेट्न उनको निवास पुगेका हुन् ।
शनिबार नै लिङ्देनले बालाराम घर्ती मगरसँग पनि छुट्टै उनकै निवासमा पुगेर भेटघाट गरेका छन् । भेटका क्रममा उनीहरूको लामो राजनीतिक अनुभव सुन्ने, राजसंस्था पुन:स्थापना आन्दोलनको आगामी कार्यदिशा र समसामयिक राजनीतिबारे विमर्श गर्ने, विगत, वर्तमानका बारेमा रोचक कुराकानी भएको प्रवक्ता श्रेष्ठको भनाई छ ।
श्रेष्ठले भने, ‘सुवेदीले चैत १५ गतेको तीनकुने घटना र २४ दिन नजरबन्दमा बस्दाको नालीबेली सुनाउनुभयो। संयुक्त आन्दोलन समितिका संयोजक रहनुभएका उहाँ ८७ वर्षको उमेरमा नजरबन्दमा बस्ने सम्भवतः विश्वको पहिलो राजनीतिक व्यक्ति हुनुहुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण