दुई आयोगको अध्यक्ष र सदस्यको सर्ट लिस्टमा को को परे ? (सूचीसहित)
काठमाडौँ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले सर्ट लिस्ट छनोट गरी सार्वजनिक गरेकोे छ ।
आइतबार बसेको समितिको बैठकले आयोगको पदाधिकारीका लागि ३४ जनाको सर्ट लिस्ट छनोट गरेको हो ।
कानुन न्याय तथा संसदीय मन्त्रालयको वेवसाइटमा प्रकाशित सुचिअनुसार अग्नीप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लिलादेवी गड्तौला, विजयसिंह सिंजापति,विश्वराज कोइराला र शेरबहादुर केसी अध्यक्षका लागि सर्टलिस्टमा परेका छन् ।
त्यस्तै सदस्यमा कविता पाण्डे, कुमारी कौशल्या ओझा, कुलप्रसाल शर्मा, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सुवेदी, गोपालनाथ योगी, गोपालप्रसाद लम्साल, टीकाप्रसाद ढकाल, नरेन्द्रकुमार केसी, नलवकिशोर यादव, नागेन्द्रलाल कर्ण, पदमबादुर शाही, ब्रहमदेव राययादव, डा.मानवहादुर विश्वकर्मा, राजुप्रसाद चापागाई सर्टलिस्थमा परेका छन् ।
त्यसैगरी रामकुमार आचार्य, रामकान्त तिवारी,रेश्मा थापा, विनिता नेपाली, विनोदमोहन आचार्य, विरेन्द्रप्रसाद थपलिया, शोभाकर बुढाथोकी, श्रृजना पोखरेल, सन्तोषबाबु सिग्देल, सुवोधराज प्याकुरेल र प्राडा हेमराज सुवेदी रहेका छन् ।
समितिले मागेको आवेदनमध्येबाट आयोग अध्यक्ष तथा सदस्यहरुको सर्ट लिस्ट छनोट गरेको सिफारिस समितिका प्रवक्ता डा. लिली थापाले जानकारी दिइन् ।
ती मध्येबाट १० जना वेपत्ता पारिएका व्यक्तिको छानविन सत्यनिरुण तथा मेलमिलाप आयोगको पदाधिकारी बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण