कांग्रेस सह-महामन्त्रीका छोरालाई नियन्त्रणमा लिइएको भन्ने समाचारमा सत्यता छैन : प्रहरी
आइतबार, १४ वैशाख २०८२, २० : ५३
काठमाडौँ । जिल्ल प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारहरुका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सह-महामन्त्रीका छोरालाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी अपील राज बोहराले बताए ।
यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोरा समेत पक्राउको विषय बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण