शिक्षक आन्दोलनप्रति दुई पूर्वप्रधानमन्त्रीको ऐक्यबद्धता, आन्दोलनस्थलमै जाने
काठमाडौँ । दुई पूर्वप्रधानमन्त्री जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन आन्दोलनरत स्थानमा जाने भएका छन् ।
पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधव नेपाल सोमबार बिजुलीबजार जाने खनालको सचिवालयले जानकारी दिएको हो ।
सचिवालयका अनुसार भोलि सोमबार दिउँसो साढे १२ बजे दुई पूर्वप्रधानमन्त्रीसहित नेकपा एकीकृत समाजवादीका शीर्षस्थ नेताहरू त्यसतर्फ जानेछन् ।
शान्तिपूर्ण रूपमा हुँदै आएको शिक्षक आन्दोलनले आज एक्कासि उग्र रूप लिएको थियो । यस क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आन्दोलनरत स्थलमा रिपोर्टिङका लागि गएकी पत्रकार सविना कार्कीसमेत घाइते भएकी थिइन् ।
तीन साताभन्दा लामो समय चलिरहेको शिक्षक आन्दोलनमा आज भने झडप भएपछि विभिन्न राजनीतिक दलका शीर्षस्थ नेता, सरोकारवाला निकायको ध्यानाकर्षण बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण